Public Pana
सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन

एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामावली पेस गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ । 

मंगलबार आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली सचिवालयमा पेस गर्न अध्यक्ष नेतृत्वको तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको हो । 

एकीकृत समाजवादीले कार्यदलले मन्त्रीको हुनेको नामसहितको प्रस्ताव पेस गरेपछि मात्र सरकारमा सहभागी हुने व्यक्ति टुंग्याउने भएको हो । 
साथै बर्दिबासबाट १२ दिन हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूको आन्दोलनप्रति बैठकले ऐक्यबद्धता जनाएको छ ।

बैठकले उनीहरुरुको माग तत्काल सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न पनि माग गरेको छ । पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update