Public Pana
भोली गठबन्धन बैठकबाट मन्त्रिपरिषद् बिस्तारवारे टुंगो लगाउने  सत्तारुढ दलको तयारी


सत्तारुढ प्रमुख तीन दलबीच मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा सोमवार भएको छलफलमा गठबन्धन दलको बैठक मङ्गलबार अपरान्ह ४ बजे बोलाउने समझदारी भएको हो ।

भोलीको बैठकले मन्त्रीपरिषदमा सहभागी हुने नामावलीवारे टुंगो लगाउने नेताहरुले बताएका छन् ।

सोमवारसम्म मन्त्रालयको पोर्टफोलियो र सहभागी संख्यावारे शिर्ष नेताहरुबीच सहमति गरि भोलीको सत्तारुढ गठबन्धन दलको बैठकबाट टुंगो लगाउने समझदारी भएको एक नेताले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update