Public Pana
सरकारमा पठाउने नामावली टुंगो लगाउन कंग्रेस कार्यसम्पादन समिति बैठक भोली बस्ने

सरकारमा सहभागी हुने मन्त्रीवारे निर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली बस्ने भएको छ । 
मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्।
कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएका बेला कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय लिँदै आएको छ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update