Public Pana
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

उनीहरूबीच प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ।

एमालेबाट सभामुख बनेका घिमिरेका कारण संसदीय कामकारवाहीमा आफ्ठेरो पर्न सक्ने भन्दै उनको तजविजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारी भइरहेका बेला दुई जनाबीच भेटवार्ता भएको हो । 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update