Public Pana
मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आइतबार साँझ बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद् बाँडफाँडको सम्बन्धमा छलफल हुने जानकारी दिए ।

कंग्रेसलाई ८ मन्त्रालय र अन्य दललाई आफ्नो पार्टपोलियो अनुसार मन्त्रालयको भागबण्डा मिलाउने प्रयास भइरहेको गुरुङले बताए । उनले भने आज साँझ बस्ने बैठकले त्यसवारे आवश्यक सहमति जुटाउन पहल गर्नेछ । 

माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले आउँदो सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update