Public Pana
एमालेका बर्ताैलाको नियमापत्तिपछि काँग्रेस उपसभापति खड्काले मागे माफी

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उल्लंघन गरेको स्विकार गर्दै माफी मागेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उल्लंघन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्विकार गर्दै माफी मागेका हुन् । 

एमाले सचेतक बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको भन्दै भने, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ ।

भोलीका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटक पटक मर्यादा विपरीत काम भइरहेको छ । हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन ।

बर्तौलाले यस्तो कार्य पटक-पटक सत्ता पक्षका सांसदहरूबाट भइरहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।

लगत्तै सभामुख घिमिरेले सांसदहरूलाई बर्तौलाले उठाएका कुरालाई उचित ध्यान पुर्‍याउन भनेका थिए।

त्यसपछि कांग्रेस सांसद खड्काले बोले। ‘अन्देखाका कारण मान्यज्यूले उल्लेख गर्नुभएअनुसार मैले नियमावलीको उक्त दफालाई उल्लङ्घन गरेँ, त्यसका लागि म क्षमा माग्न चाहन्छु।’

 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update