Public Pana
ललितपुर मेयर कप क्रिकेट : कोशीविरुद्धको खेलमा एपीएफ विजयी

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ ।

एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै कोशीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ८७ रन बनायो ।

एपीएफले ८८ रनको विजयी लक्ष्य १८ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । एपीएफका लागि ममता चौधरीले अविजित २१, कप्तान सीता राना मगरले १९, इन्दु बर्माले १८ तथा ज्योती पाण्डे र रोमा थापाले ११÷११ रन बनाइन् ।

बलिङतर्फ कोशीका लागि एलिशा खादिया, रुबिना क्षेत्री र निशा साहले एक एक विकेट लिइन् । यसअघि ब्याटिङ गर्दै कोशीका लागि काजल श्रेष्ठले २९, कप्तान रुबिना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन बनाइन् ।

बलिङतर्फ एपीएफका लागि सीता राना मगरले तीन तथा इन्दु बर्माले एक विकेट लिइन् । जितसँगै एपीएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update