Public Pana
कस्तो रहला आज दिनभरको मौसम?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जसको कारण देशभर सामान्य  बदली  रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको विभागले जनाएको छ ।

मंगलवार राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागको भनाइ छ। 

यस्तै बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र सो को कारणले पहाडी तथा भिरालो जमिनमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update