Public Pana
बागमती प्रदेशसभा बैठक चैत १० गतेसम्मका लागि स्थगित

 

बागमती प्रदेशसभाको आजका लागि अपराह्न गरिएको बैठक स्थगित छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश चैत १० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आज बस्ने भनिएको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकोमा नेपाली कांग्रेसको अनुरोधमा स्थगित गरिएको हो ।

कांग्रेसको आज  बैठकमा उपस्थित हुन नसक्ने अनुरोधपछि चैत १० गतेको समय माग भएअनुरुप सत्ता पक्ष र प्रतिपक्षको सहमतिमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

गत पुस २६ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनबाट मन्त्रिपरिषद् गठन भएको र राप्रपाका मन्त्रीहरूले फागुन १६ गते मन्त्री पदबाट राजीनामा दिई पार्टीको तर्फबाट दिइएको समर्थन फिर्ता लिएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update