Public Pana
उपराष्ट्रपति निर्वाचन : माधवकुमार नेपालले गरे मतदान

उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि मतदान गरेका छन् । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । 

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update