Public Pana
सरकारी निवास छाडे उपराष्ट्रपति पुनले

 उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार सरकारी निवास छाडेका छन् ।

शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाडेका हुन् । 

उनको निजी सचिवालयका अनुसार पुन काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update