Public Pana
सेयर बजार ५.३२ अंकले ओरालो

साताको अन्तिम  कारोबार सेयर बजारमा बिहीबार  ओरालो लागेको छ । नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा आएर रोकिएको छ । 

१ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अकले घटेर ३६४.७८ बिन्दुमा आएको छ । 

बिहीबार   ३४ लाख २ हजार २७६ कित्ता  सेयर किनबेच भएको छ ।
त्यस्तै, युनिक नेपाल लघुवित्त र शुवम पावरको १०  प्रतिशतले मुल्य वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यता,  एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यसको बिहीबार करिब ५ करोडको कारोबार भएको छ । यता नविल बैंकको करिब ४ करोडको कारोबार भएको छ ।

बिहीबार १३ उपसुचकहरुमा ४ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाकी सबै कम्पनी राताम्मै भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update