Public Pana
कुशलपछि भीम सार्कीले पुरा गरे अर्धसतक

यूएईविरुद्ध नेपालका भीम सार्कीले अर्धसतक पूरा गरेका छन्। भीमले ६० बलमा ६ चौकासहित ५० रन बनाएका हुन्। 

यसअघि कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडेका हुन् । । यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवाती ४ विकेट गुमाएको छ। 

 

२६ ओभरको खेल सकिँदा नेपालले ४ विकेटको क्षतिमा १४९ रन बनाएको छ। नेपालले १७ औं ओभरमा तेस्रो विकेट गुमाएको थियो। १७ औं ओभरको तेस्रो बलमा कुसल क्याचआउट भएका हुन्।

३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै उनले नेपालको इनिङ उकासेका थिए।

कुशल र भीम सार्कीले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे। अहिले भीम र आरिफ शेख क्रिजमा छन्। आरिफले रन बनाएका छन्। 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update