Public Pana
नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै ओलीले भने, ‘राष्ट्र तपाईको साथमा छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा जारी युएई बिरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन ।

‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना,’ ओलीले टविटरमार्फत शुभकामनामा दिदै भनेका छन, ‘राष्ट्र तपाईंहरूको साथमा छ र म तपाईंहरूको साथमा छु ।’

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update