Public Pana
नेपाललाई पाँचौ सफलता,दीपेन्द्रलाई मुस्तफाको विकेट

नेपालका स्पिन अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा रोहन मुस्तफाको विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको छ ।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको थियो। १६.५ ओभरमा १०० रन पूरा गरेको युएईले ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गर्‍यो। 

उसका लागि कप्तान मोहम्मद वासिमले आक्रमक ब्याटिङ गर्दै अर्धसतक बनाएर आउट भए।  उनले ४९ बलमा २ चौका र ६ छक्कासहित ६३ रन बनाए।

यस्तै वृत्य अरबिन्दलेले पनि अर्धसतक पूरा गरेका छन्। उनले ८७ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन्। 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update