Public Pana
रामचन्द्र पौडेलले नमानेपछि किसान लागे बारातिर


सिट बाडफाडमा निकै सकस भइरहेका बेला गठबन्धनमा सहभागी साना दलका प्रभावशाली नेतालाई आफ्नो चुनाव क्षेत्र बिरानो हुने देखिएको छ । 

कंग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा कसैगरी उठ्ने बताएपछि एकीकृत समाजवादीबाट केही समयअघि श्रममन्त्रीको समेत भइसकेका तनहु“का प्रभावशाली नेता किसान श्रेष्ठ बारातिर जाने भएका छन् । 
श्रेष्ठलाई तनहु“ छाड्न दवाव भएपछि उनलाई गठबन्धनको सा“झा उम्मेदवारका रुपमा बाराको क्षेत्र नम्वर ४ मा पठाउने निश्चित भएको हो । 

आफ्नो निर्वाचन क्षेत्र छोड्न परेपछि श्रेष्ठलाई पीर पर्ने नै भयो, तर त्यो भन्दा पनि नया“ ठा“उमा चुनाव जित्ने कसरी भन्ने चिन्ताले सताएको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न नपाउने भएपछि श्रेष्ठ यतिबेला बहालवाला मन्त्रीलाई आफ्नो नया“ निर्वाचन क्षेत्रमा तत्काल योजना हालेर भएपनि मतदातालाई चिनाउने अभियानमा कस्सिएको उनका निकटवर्तीले बताएका छन् ।   
 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update