Public Pana
चितवन–२ को उपनिर्वाचनमा उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

 नेपाली कांग्रेसले चितवन–२ मा हुन गई्रहेको उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्न सबन्धित कमिटिलाई निर्देशन दिएको छ ।
 
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गर्दै चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको प्रबत्ता प्रकाशशरण महतले जानकारी दिए ।

आगामी वैशाख १० गते हुने उक्त उपनिर्वाचनका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिम प्रक्रिया पुर्‍याई ​उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।
 
राष्ट्रिय स्वतन्त्र पार्र्टीका सभापति रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसाला पछि खारेज भएको चितवन–२ को उपनिर्वाचन आगमी बैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update