Public Pana
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई मत दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार बसेको कांग्रेस  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका यादवको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

यसका लागि बैठकले आफ्ना सांसदलाई निर्देशन दिने निर्णय गरेको महतले बताए । 

बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता प्रकाशरण महतले जानकारी दिए ।

उपराष्ट्रपति पदको निर्वाचन ३ चैतमा हुनेछ ।
 
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update