Public Pana
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

 ललितपुर महानगरपालिका-२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update