Public Pana
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा, सभामुख सापकोटासँग शिष्टाचार भेट

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौं आइपुगेका छन्। उनी चिनियाँ राष्ट्रपति सी चिनफिङपछि तेस्रो वरीयताका नेता हुन्। 

करिब सयजनाको टोलीसहित उनी सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा सभामुख अग्नि सापकोटाले स्वागत गरे। 

लीसहितको चिनियाँ प्रतिनिधि मण्डल नेपालको तीन दिने भ्रमणका लागि आएका हुन्। नेता ली सभामुख सापकोटाले सोमबार साँझ आयोजना गरेको रात्री भोजमा सरिक हुनेछन्।

सभामुख सापकोटाले स्वागत गर्दा सुरुमा दुवैजनाले उभिएर अभिवादन गरे। त्यसपछि नेपालीहरुले अरुलाई शिष्टताका लागि गर्दै आएको नमस्ते गर्न पनि नेता लीले भ्याए।

सभामुख सापकोटासँगै उभिएर फोटो पत्रकारहरुतिर फर्किँदै नमस्ते गरेका उनीहरु त्यहाँबाट होटल सोल्टीतिर लागेका छन्। 

चिनियाँ नेता ली नेपाल आउँदा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। चिनियाँ नेता लीको सुरक्षामा नेपाली सेनाले कर्णेल नेतृत्वको टोली परिचालन गरेको छ।

नेता ली नेपालमा तीन दिनसम्म रहनेछन्। उनले त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, प्रतिपक्षी दलका नेता र संसदमा प्रमुखहरुसँग संवाद गर्ने भएका छन्। 

लीको सवारीका कारण केही समय सर्वसाधरणको आवागमन रोकेर बाटो खाली गराइएको थियो । सो क्रममा काठमाण्डौको माइतीघर त्रिपुरेश्वर, सिहदरवार, पुतललीसडक लगायतको क्षेत्रमा ट्राफिक जाम हुँदा सर्वसाधरण आक्रोशित बनेका थिए । 

यसैबीच, नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले समकक्षी अग्नि सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।chinese-leader-and-agni-sapkota1662984645.jpg

काठमाडौं आइपुगेलगत्तै द्विपक्षीय भेटका लागि संसद भवन नयाँ बानेश्वर पुगेका लीलाई सभामुख सापकोटाले स्वागत गरेका छन् ।

दिउँसो ३ बजे काठमाडौं ओर्लिएलगत्तै होलट सोल्टी पुगेर केही समय आराम गरेका लीले औपचारिक भेटघाट सुरू गरेका छन् । संसद भवनको तिलिचो भवनमा सापकोटा र लीबीच भेट भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update