Public Pana
छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सुनसरी, भोजपुर र दाङमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । 
गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका २ ढट्टाटोलमा एक महिलाको मृत्यु भएका छ । को ७ प ५६५ नम्बरको मोटरसाईकलमा पछाडी सवार सुनसरीकै बर्जु गाउँपालिका ३ बस्ने ३६ बर्षीया चन्द्रकलादेबी राय गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि उनलाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलका चालक मृतक महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भोजपुरको रामप्रसाद दराई गाउँपालिका ५ लुगेनी भौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । सोही स्थानका १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।
 
बैकुण्ठेबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ३ त ३४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब डेढसय मिटर तल खसेको अस्थायी प्रहरी चौकी मानेभञ्ज्याङले जनाएको छ । 
 
दाङको लमही नगरपालिका ९ रिहारमा ट्याक्टरको ट्रलिबाट खसेर एक जनाको मृत्यु भएको छ । रा ७ त २२८६ नम्बरको ट्याक्टरको ट्रलिबाट खसेर गम्भीर घाईते भएका सोही ठाउँका २० वर्षीय करण बर्माको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।  
 
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update