Public Pana
एकदिवसीय क्रिकेटः नेपाल बरियतामा तीन स्थान माथी उक्लियो


नेपालले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ।  
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार राती सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथी उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेकाे छ ।  

जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथी अर्थात १५ औं स्थानमा छ।
नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा छ भने दा अस्ट्रेलिया दोस्रो स्थानमा छ। 
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update