सर्वसाधरणको आक्रोश
लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौंमा लघुवित्त संस्थाहरुले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ ।
माइतीघर मण्डलामा मंगलबार लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरु विरुद्ध प्रदर्शन हुँदै आएको छ ।
प्रदर्शनकारीले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ १६:१५
प्रतिक्रिया दिनुहोस्