Public Pana
आउँदो शनिवार नर्भिकमा डा. नुतन शर्माको निशुल्क ओपिडी  हुने, अन्य सेवामा पनि भारी छुट

नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतकोनर्भिक आइभिएफ सेन्टरले आउँदो शनिवार(चैत गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको  निसन्तानसम्बन्धी समस्या भएका दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो  

नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मासहितको टोलीले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ  

आगामी चैत्र गते शनिवार बिहान १० देखि बजेसम्म नर्भिक आइभिएफ सेन्टरमा सञ्चालन हुने निःशुल्क ओपिडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए  

उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने मिश्रको भनाइ  

निःशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रूपमा नाम दर्ता गराउन समेत सक्ने अस्पतालले जनाएको अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिवार विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ।

अस्पतालले गत फागुन गते मधुमेहका बिरामीलाई लक्षित गरी वृहत् जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो आगामी चैत गते समेत पुनः मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रम समेत आयोजना हुँदै सो कार्यक्रममा सहभागी बिरामीले ब्लड सुगर निःशुल्क जाँचको सुविधा समेत पाउनेछन्   

Norvic IVF 21678783168.png 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update