Public Pana
विशेष अदालतकाे जरिवाना र कैदको फैसला अन्यायपूर्ण : बद्रिप्रसाद न्यौपाने

पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेले आफूमाथि गरिएको जरिवाना र कैदको फैसला अन्यायपूर्ण रहेको दाबी गरेका छन् । 

भृकुटीमण्डपको जग्गा भाडामा दिने सम्बन्धमा भएको करार विषयमा विशेष अदालतले उनलाई जरिवाना र कैद सजाय सुनाएको छ । जसलाई उनले अन्यायपूर्ण भनेका हुन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफूमाथि सुनाइएको फैसला कानुन र प्रमाणअनुरुप नभई अन्यायपूर्ण र विवेकहीन जिकीर गरेका हुन् । 

तर, न्यायालयबाट भएको फैसला अन्यायपूर्ण भए पनि आफूले स्वीकार गर्ने न्यौपानेको भनाइ छ । आफ्नो राजनीति भविष्य सिध्याउने खेल भएको आरोप लगाएका उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ  आफूविरुद्ध मुद्दा चलाएको आरोप लगाए । 

विशेष अदालतको फैसलाविरुद्ध सर्वाेच् अदालतमा पुनरावेदनका लागि जान आफूसँग पैसासमेत नभएको भन्दै उनले आफूसँग जरिवाना तिर्नसक्ने, धरौटी राख्न सक्ने वा बैंक ग्यारेन्टी दिनपनि सक्ने आर्थिक हैसियत नभएको बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update