Public Pana
वीरगञ्जमा आईभीएफ प्रविधिबाट एक दम्पतीले पाए एकैपटक तीन बच्चा

वीरगञ्जमा एक दम्पतीले एकैपटक तीनवटा बच्चा पाएका छन् । वीरगञ्जमा प्रभु हस्पिटलमा उपचाररत पर्साको पर्सागढी नगरपलिका ९ का वृज चौधरी थारू र ललिता देवीको दम्पतीले एकैपटक ३ वटा छोरा पाएका हुन् । 

उनीहरू सन्तानका लागि १० वर्षदेखि संघर्षरत थिए । त्यसका लागि विभिन्न अस्पताल चहारे । तर, कुनै उपाय नलागेपछि उनीहरू आईभीएफ प्रविधिबाट बच्चा जन्माउने निष्कर्षमा पुगेका थिए । 

प्रभु हस्प्टिलकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यक्रिया गरेर बच्चा निकालेको थियो ।

जोखिम मानिएको शल्यक्रियामा प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नवीन झा, नर्स स्टाफ, रमिता गिरी, अनिल पटेल, मेनुका घिमिरे, पचिया खातुन, कृष्णा ठाकुरलगायतको सहयोगमा सफल भएको हो ।

अहिले आमा तथा तीनवटै बच्चा स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update