Public Pana
उपराष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीसँग जसपाको आग्रह

जनता समाजवादीका नेताहरुले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहाय यादवलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । 

आगामी ३ चैतमा उपराष्ट्रपति पदको निर्वाचन हुँदै छ ।  प्रधानमन्त्री प्रचण्डलाई सोमबार भेटेर उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्न आग्रह गरेको जसपा नेता प्रदीप यादवले जानकारी दिए । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित्त आफु र आफ्नो दलले यादवलाई सहयोग गर्ने बताएका उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले  यादवलाई विजयी गराउने प्रतिबद्धता पनि जनाए । 
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update