Public Pana
शिक्षालाई जीवनउपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् । 

सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार गर्नुपर्ने बताएका हुन् । 

शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्षसमेत रहेको भन्दै प्रधानमन्त्रीले  शिक्षाको गुणस्तर र विकासले नै  विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्ने बताए । 

 

 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update