Public Pana
राष्ट्रपतिको सपथ ग्रहणमा सभामुख उपस्थित नहुने

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे भने अनुपस्थित हुने भएका छन् ।
सभामुख घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

सभामुख घिमिरेले आईपीयु सम्मेलनका जानु अघि फागुन २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने जानकारी पौडेललाई गराएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराएर सभामुख घिमिरे गत २६ फागुनमा बहराइन गएका हुन् । उनी सो जानकारी गराउनका लागि बोहोराटारस्थित पौडेल निवास पुगेका थिए । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update