Public Pana
रोहित र ललितको उत्कृष्ट प्रदर्शनमा युएइमाथी नेपालको शानदार जीत

आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको छ । नेपालले यूएईलाई १७७ रनले हराएको हो । 

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरको समाप्तिमा अलआउट हुँदै ७१ जोड्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट बलिङ र ललित राजवंशीले पाँच विकेट लिएका थिए । 

यूएईलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले ५, सन्दीप लामिछानेले २, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सनले एक एक विकेट लिए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको थियो । नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए । 

यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले  ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update