Public Pana
सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले अन्तर्क्रिया गर्ने

माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउर्नमा जोड गर्ने भएको छ ।
 
प्रधानमन्त्री निवास वालुवाटरमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतवाट निरुपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेका छन ।
 
क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलका अनुसार त्यसका लागि फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते बृहत अन्तर्क्रिया कार्यक्रम गर्ने निष्कर्ष बैठकले गरेको छ । 
 
सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादीले अन्तर्क्रिया गर्न लागेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update