Public Pana
‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु

 शहीद स्मारक ‘ए’ डिभिजन लिग आज एफसी खुमलटार र थ्री स्टार क्लब तथा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् ।
 
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुदै गर्दा आज दुई वटा खेल हुन लागेको हो ।
 
खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समा हुनेछ भने हिमालयन शेर्पा र चर्च ब्वाइजको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । 
 
यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update