Public Pana
दाङ २ बाट उपाध्यक्ष महरासहित तीन जनाको नाम सिफारिस

नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ  क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिनुभयो ।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको हो भने शर्मा समानुपातिक सांसद हुनुहुन्छ ।

त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २  बाट उम्मेदवार भए पनि पराजित हुनुभएको थियो । यस क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शङ्कर पोखरेललाई एकल उम्मेदवारका पमा सिफारिस गरेको छ भने नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update