Public Pana
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् 

बिहीबार दिउँसो मतगणना सकिएपछि पौडेल विजयी भएका हुन् । उनी नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

पौडेलले ३३ हजार ८०२ मत प्राप्त गरेका छन् । जसमा संघबाट १६ हजार ९०६ र प्रदेशबाट १६ हजार ८ सय ९६ मत परेको थियो ।

पौडेललाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा संयुक्त समाजवादी पार्टी, जनमत पार्टी, लोसपा, नागरिक स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले नेपाली राष्ट्रपति पदमा मतदान गरेका थिए ।

नेमकिपा र राप्रपाले राष्ट्रपतिको निर्वाचनमा मतदान गरेनन् ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएकाे निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update