Public Pana
राष्ट्रपति निर्वाचनको मतगणना सुरू, नतिजा आजै

 राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको हो । 

संघीय संसद् भवनको अन्नपूर्ण हलमा भइरहेको मतगणनाको नतिजा बिहीबार नै आउने निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा छन् । 

विजयी उम्मेदवारलाई प्रमाणपत्र पनि आजै प्रदान गर्ने आयोगको तयारी छ । 

newskarkahna-news472562.1678358143.jpg

newskarkahna-news472560.1678358144.jpg

newskarkahna-news472561.1678358143.jpg

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update