Public Pana
सीट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरू बैठक बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज फेरि बस्दैछ । शनिबार मुख्य विषयमा प्रवेश नै नगरी स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ८ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्दैछ ।

आम निर्वाचनमा सिट बाँडफाँटका लागि शनिवार बालुवाटारमा बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश नपाई स्थगित भएको थियो ।

आजको बैठकमा कार्यदल बैठकले मौखिक रूपमा जानकारी दिएको कुरामा छलफल आरम्भ हुने एक नेताले बताए ।

यसअघि कार्यदल बैठकमा छलफल गरी केही सिटमा सहमति जुटेको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको नेताहरूले बताएका थिए । तर ती नेताले भने कुनै लिखित प्रतिवेदन नै नआएको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update