Public Pana
मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

 राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ।
 
संघीय संसद अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।
 
‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन, तीन बजे पछि उपस्थित मतदाता भने मतदानवाट बञ्चित हुनेछन ।' 
 
आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update