Public Pana
हिउँद सकिनै लाग्दा मुस्ताङमा हिमपात

 

यस वर्षको हिउँदेयाम सकिनै लाग्दा मुस्ताङ पहिलो हिमपात भएको छ । गएरातिदेखि सुरु भएको सामान्य वर्षापछि बढेको चिसोको कारण हिमपात सुरु भएको हो ।

हिमपात भएपछि स्थानीय खुसी भएका छन् । हिमपातपछि स्थानीयवासी मात्र नभई पर्यटक पनि हिउँसँगै रमाउन थालेका छन् ।

जिल्लाको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update