Public Pana
राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरिएको उनले बताए । भोलि राष्ट्रपतिका लागि मतदान हुँदैछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update