Public Pana
यू–२० एसियन कप छनोटमा भुटानसँग हार्‍यो नेपाल

बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल गएराति शेख अलि बिन मोहम्मद अल खालिफा स्टेडियममा भुटानसँग २–० गोल अन्तरले पराजित भएको हो ।

भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक/एक गोल गरे । खेलको ३३ औं मिनेटमा सोनामले भुटानलाई अग्रता दिलाएका थिए । 

४७ औं मिनेटमा कर्माले गोल गर्दै भुटानलाई २–० को जित दिलाए । थप गरिएको समयमा अभिषेक वाइबाले रातो कार्ड बेहोरेपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।

यो जितसँगै भुटानले ३ अंक जोड्दा नेपालले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब नेपालले दोस्रो खेलमा सोमबार कतारको सामना गर्नेछ । 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update