१ हजार रुपैयाँले घट्यो सुनको मूल्य
सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार ४० रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९ १२:२६
प्रतिक्रिया दिनुहोस्