Public Pana
आगलागीमा परेर रौतहटमा ६ महिने शिशुको ज्यान गयो

 रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ । 

मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा  भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो ।  छिमेका दुईसहित तीन वटा घर गोठ जलेर नष्ट भएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा परेर सो घरमा  सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु  हो । राउतको घरबाट छानाबाट सल्किएको आगोले छिमेकी रामकिसुन साह र सुजय साहको घर पनि जलेर नष्ट भएको छ । 

आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी १ लाख तथा छिमेकीहरूको ५०–५० हजार गरी २ लाख भन्दा बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। 
सो घटना लगतै गौर नगरपालिकाबाट गएको वारुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update