Public Pana
युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजका लागि  १४ सदस्यी क्रिकेट टोली घोषणा गरेको छ ।

बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।

नेपालले बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्दैछ  । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।
 
नेपाली टोली 
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी । 
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update