Public Pana
साफ यू–१७ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय टोली घोषणा

काठमाडौं, २३ फागुन । साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

मार्च २० देखि ३१ सम्म बंगलादेशमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि नेपालले आफ्नो टोली घोषणा गरेको हो । 

मंगलबार मुख्य प्रशिक्षक भगवती राना मगरले घोषणा गरेको टोलीमा गोलकिपरमा सुजाता तामाङ, रधिला ओली र करुण बुढाथोकी परेकी छन् ।

साथै डिफेन्डरमा  अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेनु लिम्बु चबेगु अटाउँदा मिडफिल्डरमा माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार र पुनम चेम्जोङ परेकी छन् ।

फरवार्डमा दीपा रोकाया, वर्षा ओली र सेनु परियारलाई टोलीमा समावेश गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update