Public Pana
वालुवाटारमा माओवादी घटकहरुको बैठक, सत्ताका लागि छिन्नभिन्न, अफ्ठेरो पर्दा एकजुटको प्रयास

माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
 
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालस समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित  छन । 


संक्रमणकालिन न्यायको सबालमा परिस्थीति बेग्लै हुन गएको भन्दै माओवादी नेताहरुको बैठक बसेको हो ।

शक्ति र सत्ताका लागि बिगतमा पार्टी विभाजन गरी छिन्न भिन्न भएका माओवादी घटकहरु यतिबेला सर्वोच्चमा द्धन्दकालिन मुद्धा अघि बढ्ने भएपछि एक जुट हुने प्रयासमा अग्रसर भएका छन् ।

एउटै बिचार सिद्धान्त बोकेर आएको उक्त पार्टी संसदीय राजनीतिमा प्रवेश गरेसँगै शक्ति र सत्ताका लागि बिभाजित भएका थिए । 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update