Public Pana
राजधानीबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ


उच्छृङ्खल तवरले होली खेलेको आरोपमा प्रहरीले काठमाडौंबाट २१८ जनालाई पक्राउ गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने एसएसपी श्रेष्ठले जानकारी दिए ।
काठमाडौं उपत्यकामा प्रहरीले ५ सय ४३ मोटरसाइकल होल्ड गरिएको थियो । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
 
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update