Public Pana
आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा  घरेलु टोली यूएईमाथि नेपालको महत्वपुर्ण जित

आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले घरेलु टोली यूएईमाथि महत्वपुर्ण जित हात पारेको छ ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको हो। 

सोमबार दुबईमा भएको खेलमा नेपालले घरेलु टिम युएईलाई ४२ रनले पराजित गरेको हो। 

जितसँगै नेपालले लिग-२ को अंक तालिकामा युएईलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ भने एकदिवसीय मान्यता लिग-२ बाटै जोगाउने र विश्वकप छनोटमा पुग्ने सम्भावना जीवित नै राखेको छ। 

अब नेपालले घरेलु मैदानमा हुने सिरिजका चार मध्ये दुई खेलमा जित हात पारे एकदिवसीय मान्यता जोगाउनेछ भने चारै खेल जिते विश्वकप छनोटमा पुग्नेछ।

सोमबार नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको  युएई ४५ ओभरमा १८७ रनमा अलआउट भयो।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update