Public Pana
झलनाथ भेटन डल्लु पुगे कंग्रेस बरिष्ठ नेता पौडेल

 राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाएका छन ।
आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका हुन । 
 
राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालसँग आज विहान भेट गरेर आफनो पक्षमा मत मागेका छन । नेता खनाललाई भेट्न वरिष्ठ नेता पौडेल खनाल निवास डल्लू पुगेका थिए । 
 
आठ दलको साझा उम्मेदवार पौडेल र खनाल बिचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update