Public Pana
अभिनेत्री अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश

काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो ।

अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गर्नुभएको छ ।

अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गर्नुभएको थियो । उहाँहरूबीच २०७४ सालमा विवाह भएको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update