Public Pana
कलंकीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं- काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

शुक्रबार काठमाडौं-१४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

सडक छेउमा रोकेको बा प्र ०३-००१ ख २०४० न.को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र.न.३-०२-००३ प ८८८८ न. को मोटरसाइकल ठोक्किएको थियो। 

अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। 

काठमाडौं-२१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका-१४ बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जनको मृत्यु भएको प्रहरीको भनाइ छ।

उनीहरू दुबै जनाको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक, मोटरसाइकल र मकवानपुर पदमपोखरि नगरपालिका-१२ का ३४ वर्षीय ट्रक चालक सुकलाल महर्जनलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update